सोलुखुुम्बु। सोलुदुधकुण्ड नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्लाको एक मात्रै नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको आजबाट पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
सुरु भएको कार्यक्रम २३ गते आइतबारसम्म सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आथिथ्यतामा उद्धाघन गरिएको कार्यक्रमको सभापति गार्माका वडाध्यक्ष तथा सामाजिक समितिका संयोजक सोनाम ग्याल्जेन शेर्पा रहनु भएको थियो ।
नगरपालिका भरका १० वटा सामुदायिक र ४ वटा संस्थागत गरेर १४ वटा विद्यालयको सहभागी रहेको गार्माका वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अथिति नगरप्रमुख नाम्गेल जाङुबु शेर्पाले खेलाडी विद्यार्थीलाई आर्थिक, भौतिक तथा आवश्यक परेको खण्डमा अन्य सहयोग गर्ने बताउदै आगामी जिल्ला स्तरीय प्रतियोगिता जनजागृगी माद्यमिक विद्यालयको खेल मैदानमा गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिति प्रमुख निरौलाले खेलमा सहभागी भएका विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै जिल्ला हुँदै प्रदेश देखी केन्द्रसम्म चिनाउने माध्यम खेल भएकाले स्वास्थ्यका लागि मात्रै नभइ राष्ट्रका लागि पनि खेल अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो ।
यस्तै गार्माका वडाध्यक्ष शेर्पाले खेलाडी कै कारणले गर्दा सोलुखुम्बुलाई खेलाडीको नामले समेत चिनिने गरेको बताउनुभयो ।
तपाईको बिचार