सोलुखुुम्बु । सोलुखुम्बुको गार्मा माद्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्धाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा माद्यमिक विद्यालय गार्मामा आज शुक्रबार कम्प्युटर ल्याबको उद्धाटन गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले रिवन काटेर उद्धाटन गर्नुभयो भने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले ताम्रपत्र वाचन गर्नु भएको थियो ।
उक्त कम्प्युटर ल्याबमा नयाँ २४ वटा कम्प्युटर रहेको र पुरानो २६ वटा सहित ५० भन्दा बढी रहेकाले एकै पटकमा ५० जना भन्दा धेरै विद्यार्थीले सिक्न सक्ने वातावरणको सिजर्ना भएको प्रधानाध्यापक विनोदसिहं तामाङले बताउनुभयो ।
प्रोजेक्ट लाइफ संस्थाले २४ वटा कम्प्युटर प्रदान गर्नुका साथै फर्निचरको सम्पूर्ण व्यवस्थापन गरेको छ ।
तपाईको बिचार