उद्योग वाणिज्य संघ सोलुखुम्बुको अध्यक्षमा रामलाल श्रेष्ठ सर्वसम्मत चयन - दुधकोशी खबर

उद्योग वाणिज्य संघ सोलुखुम्बुको अध्यक्षमा रामलाल श्रेष्ठ सर्वसम्मत चयन

  • Dudh Koshi २०८१ मंसिर १३ बिहीबार १९:२४:३४

सोलुखुम्बु । उद्योग वाणिज्य संघ सोलुखुम्बुको अध्यक्षमा रामलाल श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको छ । विहिबार आज सम्पन्न चौथो जिल्ला अधिबेशनले श्रेष्ठलाई ३ वर्षे कार्यकालका लागी अध्यक्षमा चयन गरेको हो । यस्तै अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

२ उपाध्यक्ष मध्ये वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ चयन हुनुभएको जनाइएको छ । यस्तै प्रथम उपाध्यक्षमा भानुभक्त उपाध्याय, सचिवमा महेश खालिङ, सहसचिवमा सारदा तामाङ, कोषाध्यक्षमा वकील कार्की सर्वसम्मत चयन हुनुभएको व्यवसायी किसोर श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षौँ देखी हुन नसकेको उद्योग वाणिज्य संघ सोलुखुम्बुको अधिबेशन रामलाल श्रेष्ठको अध्यक्षता रहेको अन्तरीम समितिले गराएको हो । जिल्ला शाखाको कार्यालय सल्लेरीमा विहिबार सम्पन्न अधिबेशनमा निर्वाचित भएपश्चात नवनिर्वाचित समितिले जिल्लामा व्यवसायकि संस्कृतिलाई विकास गर्दै अगाढी बढ्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । उहाँले स्थानीय उत्पादनलाई प्रवर्द्वन गर्दै नागरिकलाइ आत्मनिर्भर बन्नमा संघले सहयोग गर्ने बताउनु भएको छ ।

अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्य समिती चयन भएको छ भने समितीको कार्यकाल ३ वर्षको हुने छ । विहिबार उद्घाटन भएको अधिवेशनको खुल्ला सत्रमा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सांसद बुद्धिकुमार राजभणरीले उद्योग वाणिज्य संघले जिल्लामा अव सकृयता पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर