सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा आँखा शिविर सुरु भएको छ । सेभेन समिट फाउण्डेशन र वडा कार्यालयको संयुक्त आयोजनामा आजबाट सुरु भएको शिविरबाट आज पहिलो दिन ९८ जनाको आँखा परिक्षण गरिएको छ भने १५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको वडाध्यक्ष होम मगरले जानकारी दिए । उनका अनुसार
काठमाण्डौबाट आएको विशेषज्ञ १० जनाको डाक्टरको समुहले आँखाको चेकजाच गरिरहेको छ ।
टाप्टिङको वोङ्छु शेर्पा मेमोरियल अस्पतालमा सञ्चालित शिविरमा आँखा सम्बन्धि समस्या भएकाहरुलाई निशुल्क तथा गुणस्तरीय सेवा दिने उद्धेश्यका साथ वडा कार्यालयको समन्वयमा शिविरको आयोजना गरिएको हो ।
तपाईको बिचार