करिब २ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न हुने भवनका लागि (पिपिकेएएफ)ले ५० लाख रुपैंया आर्थिक सहायता उपलब्ध गराउने नगर प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
हस्ताक्षर कार्यक्रममा बोल्नु हुँदै (पिपिकेएएफ)का अध्यक्ष डा. पासाङ काजी शेर्पाले सोलुदुधकुण्ड नगरपालिकासँगको सहकार्यमा स्वास्थ्य चौकी निर्माण कार्यमा सहभागी हुन पाएको खुशी व्यक्त गर्नुभयो ।
उक्त स्वास्थ्य चौकी निर्माणका लागि हाललाई रु ५० लाख रुपैयाँ आर्थिक सहायता गर्न प्रतिबद्धता जनाए तापनि यसमा थप रकम समेत उपलब्ध गराउन पहल गर्ने कुरा बताउनुभयो ।
पाहिला पाहिलाको आशा फ्रान्स (पिपिकेएएफ)ले गरेको यस पुण्य कार्य प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य हुनेमा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले विश्वास राख्नु भएको छ ।
‘पाहिला पाहिलाको आशा’ फ्रान्स (पिपिकेएएफ) बाट तिङ्लामा थेरापी सेण्टर निर्माणाधीन अवस्थामा रहेको, कोभिड–१९ मा नगरबासीलाई गरेको सहयोग र विपद प्रभावित खुम्बुका थामेबासीहरुलाई सहयोग पुर्याएकोमा नगर प्रमुख शेर्पाले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नगर उपप्रमुख गान्धी माया तामाङ, प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडा नं. ११ का वडाध्यक्ष टंक बहादुर कार्कीको उपस्थित रहेको थियो ।
यस्तै वडा सदस्यहरु, ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, १० का वडाध्यक्ष होम बहादुर मगर, कार्यपालिका सदस्य निरकुमार नेपाली तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्का लगायतका व्याक्तिहरुको उपस्थित रहेको थियो ।
तपाईको बिचार