कपन तेन्जिङचोकमा खुल्ला स्नोकर प्रतियोगिता हुने - दुधकोशी खबर

कपन तेन्जिङचोकमा खुल्ला स्नोकर प्रतियोगिता हुने

  • Dudh Koshi २०८१ श्रावाण १४ सोमबार २२:०८:१४

सोलुखुम्बु । काठमाडौँमा खुल्ला स्नोकर प्रतियोगिता २०८१ हुने भएको छ । गुड सट स्नोकर क्लव, लाक्पा देण्डी शेर्पा र ङिमदिकी शेर्पाको आयोजनामा यही श्रावण  २० गतेदेखी राजधानी काठमाडौँस्थित कपन तेन्जिङ चोकमा स्नोकर प्रतियोगिता हुने भएको हो।
स्नोकर खेलको प्रवर्धन साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले खेल आयोजना गरिएको बिजय तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताका प्रथम पुरस्कार समूह ए लाई  ५० हजार रुपैयाँ, द्धितीय पुरस्कार ३० हजार रुपैयाँ, तृतीय हुनेलाई १० हजार रुपैयाँ र हाईएस्ट ब्रेकरलाई १० हजार रुपैयाँको दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै समूह बि बाट प्रथम,  द्वितीय, तृतिय र हाईएस्ट ब्रेकरलाई क्रमश : ३० हजार, १० हजार र ५, ५ हजार रुपैयाँ दिईनेछ । प्रतियोगितामा  सहभागी हुने खेलाडीहरुलाई २ हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ ।
सहयोगी दाताहरु क्रमश :

१. श्रीमान् पासाङ तामाङ र श्रीमती फुरी माया तामाङ
३. एभरेस्ट इनफिल्ड र एभरेष्ट क्याफे


नोट : अन्य सहयोगी दाताहरुको नाम क्रमश राखिनेछ ।

थप जानकारिको लागि – ९८४३५४००२३९७६२५०७५६६

तपाईको बिचार

सम्बन्धित खबर