सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीको राजस्व साढे ४ लाख भन्दा बढी उठेको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखी असार २७ गतेसम्ममा ४ लाख ७४ हजार ८३ रुपैयाँ ३९ पैसा राजस्व सकंलन भएको हो ।
भुमि कर मालपोत तर्फ भुमि कर मालपोत तर्फ १ लाख ३१ हजार ७ सय २५ रुपैयाँ ८० पैसा, व्यवसाय कर २ हजार, सेवा शुल्क दस्तुर १ लाख ५२ हजार ३ सय राजस्व भएको वडा अध्यक्ष धन राज तामाङले जानकारी दिनुभयो ।
काष्ठ उद्योग, काठचिरान तथा निकासाका लागि सिफारिस शुल्क १ लाख २५ हजार ६ सय, पर्यटन उद्योग शुल्क १ हजार, स्वास्थ्य सेवा शुल्क तर्फ ३ हजार राजस्व संकलन गरिएको उहाँको भनाइ छ ।
यस्तै गैरसरकारी संस्था सूचिकृत दर्ता नविकरण तथा कार्यक्रम स्वीकृती शुल्क १ हजार र अन्य विषयमा कर तथा शुल्क ५७ हजार ४ सय ५७ रुपैयाँ राजस्व संकलन गरिएको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
स्रोत – हिमाल समाचार
तपाईको बिचार