सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ कोे नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । आईतबार नगरपालिकाको चोधौ नगर सभाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र ७५ करोड ४२ लाख ७३ हजार १ सय ५६ रुपँैयाको बजेट प्रस्तुत गरी सर्वसहमतले पारित गरेको हो ।
उपमेयर गान्धिमाया तामाङले शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपद लगायतको विषयलाई समेटेर प्रस्तुत गर्नु भएको नीती तथा कार्यक्रम पारित गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो । नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले शिक्षा तर्फ नगरस्तर तथा शसर्त अन्तर्गत २६ करोड २९ लाख ९६ हजार र वडा तर्फ ३७ लाख गरी कुल २७ करोड ६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फ नगर स्तर तथा शसर्तमा ४ करोड २४ लाख र वडा तर्फ १६ लाख ५० हजार रुपैँया , कृषि तथा पशु तर्फ नगरस्तर तथा शर्सत तर्फ ९९ लाख १७ हजार र वडा तर्फ १६ लाख ५० हजार गरी कुल एक करोड १५ लाख ६७ हजार रुपैँया बजेट विनियोजन गरिएको छ । यस्तै लघु उद्यम रोजागर र पञ्जीकरण तर्फ १ करोड ३२ लाख ४ हजार, लक्षित वर्गतर्फ १ करोड १८ लाख ७ हजार रुपँैया, सडक तथा पुल तर्फ ४ करोड ५४ लाख ७० हजार रुपँैया र भवन निमार्णका लागि १२ करोड ३७ लाख ५० हजार रुपैँया, खानेपानी तर्फ ५० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।
यस्तै खेलकुद तर्फ ४८ लाख रुपैयाँ, धर्म संस्कृति तथा पर्यटन तर्फ ३ करोड २२ लाख ३५ हजार, बजार व्यवस्थापन तर्फ २ करोड १० लाख, वातावरण तथा विपद् तर्फ ६० लाख ३० हजार, सुचना तथा संचार तर्फ १५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । त्यस्तै समपूरक तर्फ २ करोड ४३ लाख रुपैँया र प्रशासनीक खर्च तर्फ १२ करोड ८८ लाख ६४ हजार १ सय ५६ रुपैँया बजेट विनियोजन गरिएको छ ।
तपाईको बिचार