सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले नेपाल सरकारका उपसचिव मेघनाथ शर्माको निधनप्रति शोक व्यक्त गरेको छ । बुधबार एक बक्तव्य जारी गर्दै नगरपालिकाले शिक्षा क्षेत्रको एक बौद्धिक व्यक्तित्व गुमाएको जनाएको छ ।
नगर प्रमुख नाम्गेल जाङबु शेर्पा, उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत कोपिला राई लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले स्वर्गिय शर्माको फोटोमा माल्यार्पण गरेर श्रद्धान्जली व्यक्त गरेको छ ।
शर्माले केही समय सोलुदुधकुण्ड नगरपालिकामा शिक्षा शाखाको जिम्मेवारी सम्हालेका थिए भने नगरमा दरबन्दी कायम रहेपनि शर्मा पछिल्लो समय चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरमा कार्यरत थिए ।
हड्डी र फोक्सोको क्यान्सरबाट प्रताडित शर्माको बुधबार विहान काठमाडौँ क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । शर्माको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरिरमा दुई छोरीले दागबत्ति दिएका छन् ।
तपाईको बिचार