गार्मा माविका विद्यार्थीहरुले गरे ३३ प्रकारका विज्ञान सामाग्रीहरु प्रदर्शन - दुधकोशी खबर

गार्मा माविका विद्यार्थीहरुले गरे ३३ प्रकारका विज्ञान सामाग्रीहरु प्रदर्शन

  • Dudh Koshi २०८१ जेठ २९ मङ्गलबार १८:४४:२९

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–७ मा रहेको गार्मा माध्यमिक विद्यालयले विज्ञान सामाग्री प्रदर्शनी गरेको छ । विद्यालयका विद्यार्थीले व्यवहारिक शिक्षा अभ्यासको क्रममा निर्माण गरेका विभिन्न विज्ञान सामाग्रीहरु आज एक कार्यक्रमका बिच प्रदर्शन गरेको प्रधानाध्याकप विनोद सिं तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयका कक्षा ८ देखि ११ कक्षाका विद्यार्थीहरुले तयार गरेका ३३ प्रकारका विज्ञान सामाग्रीहरु प्रदर्शन गरिएको छ ।

प्रदर्शन गरिएका सामाग्रीहरुमा थ्रिडि होलोग्राम, बज वयर गेम, डे एण्ड नाइट सेन्सर स्ट्रिट ल्याम्प, होम सेग्रेटरी मोडल, वाटर लेबल एण्ड रेण्डीटेक्टर, रिमोट कन्ट्रोल कार लगायत रहेका छन् । विभिन्न १८ ग्रुपमा विद्यार्थी विभाजन गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जिल्लाको नमुना विद्यालयको रुपमा रहेको गार्मा माविले हरेक कार्य नमुनाको रुपमा प्रस्तुत गरिरहेको बताउनुभयो।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले गार्मालाई नमुना विद्यालय बनाउनमा नगरपालिकाले गरेको सहयोगको खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रममा नगरउपप्रमुख गान्धीमाया तामाङसहित अन्य जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर