गोराखानीमा ५ दिने उद्घोषक तालिम सम्पन्न, गाउँ मै तालिम पाउँदा वडावासी हर्षित - दुधकोशी खबर

गोराखानीमा ५ दिने उद्घोषक तालिम सम्पन्न, गाउँ मै तालिम पाउँदा वडावासी हर्षित

  • Dudh Koshi २०८१ जेठ २५ शुक्रबार १९:४९:५३

सुनिता तामाङ /सोलुखुम्बु ।

सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका महिला दिदिबहिनीहरुको लागि संचालित ५ दिने उद्घोषक तालिमको आज समापन गरिएको छ । वडाको आर्थिक वर्ष २०८०/०८१ को महिला लक्षित कार्यक्रम अन्तरगत वडाका महिलाहरुलाई उद्घोषक तालिम दिईएको हो ।

महिलाहरुको क्षमता अभिवृद्धी गराउने उदेश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष धनराज तामाङले जनाकारी दिए । साथै तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सके आत्म निर्भर बन्न सक्ने अपेक्षा समेत वडा कार्यालयले लिएको छ ।

वडाभित्रका करिब ५० जना महिला दिदीबहिनीहरुको उपस्थिती रहेको उक्त तालिमको प्रशिक्षण राधिका श्रेष्ठ र माया शेर्पाले गरेका थिए । समुदायस्तर मै वडाले उद्घोषक तालिम लिने वातावरण बनाएको भन्दै स्थानीयहरुले वडाको कामको खुलेरै पशंसा गरेका छन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर