जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्धारा सचेतनामुलक कार्यक्रम सम्पन्न - दुधकोशी खबर

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्धारा सचेतनामुलक कार्यक्रम सम्पन्न

  • Dudh Koshi २०८१ जेठ २५ शुक्रबार १८:१६:४३

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले लैंगिक हिंसा र मानव बेचबिखन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा आज शुक्रवार सल्लेरीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । लैंगिक हिंसा र मानव बेचबिखन विरुद्धका प्लेकार्डसहितको र्‍याली सल्लेरी बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको समिक्षालय हलमा पुगि सभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समितीका प्रमुख कृष्ण प्रसाद निरौलाले लैंगिक हिंसा र मानव बेचबिखन विरुद्धका कार्यक्रमहरु दुरदराजसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । समाजमा रहेका कुसंस्कार र विकृतिलाई तोड्न हरेक स्थानीय तहले सचेतनामुलक अभियान चलाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री ले हरेक स्थानमा लैंगिक हिंसाको जड अहिले पनि रहेकाले यसलाई निरत्साहित गर्नमा प्रहरी प्रशासनदेखि सबै निकाय लाग्नुपर्ने बताउनुभयो । कम्जोर भयो भने हिंसा बढी हुने भएकाले आफुलाई अब्बल बनाउन लाग्नुपर्ने उहाँको भनाइ छ ।

छोरा र छोरी विच हुने विभेदलाई जराबाट उखेल्न प्रहरी कटिबद्ध रहेकाले यसमा सबै तह तप्काको साथ अपरिहार्य रहेको प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । विभेद सहेर बस्नु पनि अपराध नै भएकाले विभेदलाई निर्मुल गर्न आजबाटै सशक्त हुनुको विकल्प नरहेको डिएसपी घिमिरेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीको सभाअध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विद्यार्थी, शिक्षिका, अन्य सु्रक्षाकर्मीहरु, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर