सोलुखुम्बु । पाहिला पाहिलाको आसा नामक संस्थाले सोलुखुम्बुका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरेको छ।
फ्रान्सका डा. पासाङ काजी लामाको पहलमा जेठ १ गते सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लास्थित जलेश्वरी आधारभूत विद्यालयका ७६ जना, बैैशाख २६ गते मञ्जु श्री आविका २२ जना र बैशाख १२ गते पत्ताले आविका ८१ जना विद्यार्थीहरुलाई ट्र«याक सुट वितरण गरिएको संस्थाका नेपाल प्रतिनिधी पासाङ लामाले जानकारी दिए ।
उनका अनुसार पाहिला पाहिलाको आशाले मनाङ, मुस्ताङ, डोल्पा, सोलुखुम्बु लगायतका जिल्लामा विगत ४ वर्षयता शैक्षिक सामाग्री, खेल सामाग्री प्रदान गर्दै आएको छ ।
विकट ठाउँका स्कुलको माग र आवश्यक्तालाई ध्यानमा राखेर सामाग्री प्रदार्ने गरेको प्रतिनिधी लामाले दुधकोशी खबरलाई जानकारी दिए ।
तपाईको बिचार