सोलुमा हाईड्रोपावरको सुरुङबाट निस्कियो अचानक धुवाँ, अवस्था सामान्य - दुधकोशी खबर

सोलुमा हाईड्रोपावरको सुरुङबाट निस्कियो अचानक धुवाँ, अवस्था सामान्य

  • Dudh Koshi २०८१ बैशाख २४ सोमबार १२:१८:०२

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित ८२ सोलु हाइड्रो पावरको सुरुङमार्गमा आगलागी भएको भनिएकोमा आगलागी नभएर मेसिनरी समस्या भएको पाइएको छ ।  सोमबार विहान ६ः३० बजे तिर सुरुङमार्ग भित्र काम गर्न गएको डोजरमा काम गर्ने क्रममा अचानक इन्जिनबाट धुँवा निस्किएपछि उक्त सुरुङमार्ग भित्र तनाव उत्पन्न भएको थियो ।

उक्त घटनालाई बाहिर आगलागी भएको भनेर सनसनीपूर्ण बनाइएको भएपनि आगलागी नभएर मेसिनमा आएको समस्याका कारण धुवाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  डोजर र अन्य कामदार सुरुङमार्गको ६ सय ५० मिटर भित्र काम गरिरहेको अवस्थामा इन्जिनबाट अचानक धुँवा आएपछि उनीहरू बाहिर निस्किएका थिए ।  आगलागी भएको भनेर सोलुदुधकुण्ड नगरपालिकाको दमकल समेत सुरुङ मार्गमा लगिएको थियो । अहिले दमकल सल्लेरी फर्किसकेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर