सोलुखुम्बु प्रहरीले थाल्यो आगलागी रोकथाम सम्बन्धि अभियान - दुधकोशी खबर

सोलुखुम्बु प्रहरीले थाल्यो आगलागी रोकथाम सम्बन्धि अभियान

  • Dudh Koshi २०८१ बैशाख १४ शुक्रबार २०:३३:०१

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले वन डढेलो आगलागी रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम सुरु गरेको छ । सुख्खायाम सुरु भएपश्चात जिल्लाका विभिन्न स्थानका वन जङगलहरुमा डढेलो फैलिरहेको विषयलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलयले ”वनमा डढेलो नलगाऔँ,पर्यावरण र जीवनको संरक्षण गरौँ” भन्ने मुल नाराका साथ आगलागी रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गरेको प्रहरी निरिक्षक राम चन्द्र शाहले जानकारी दिए ।

उनका अनुसार डढेलोका कारण वनजगंल मात्र नभएर मानिसको मृत्यु, बस्ती, बन जंगलमा रहेका विभिन्न वन्यजन्तु तथा चरा चुरुङगी समेतको विनास हुन थालेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर