सोलुखुम्बु होम स्टे मा साँगितिक साँझ हुने - दुधकोशी खबर

सोलुखुम्बु होम स्टे मा साँगितिक साँझ हुने

  • Dudh Koshi २०८० चैत २५ आइतबार १९:५५:२५

सोलुखुम्बु । सोलुखुम्बु होमस्टे सल्लेरीमा नयाँ वर्ष विशेष साङ्गीतिक साँझ हुने भएको छ । सोलुखुम्बु होमस्टे, सोलुदुधकुण्ड युथ क्लव र सानदार मिडियाको संयुक्त आयोजनामा २०८१ साल वैशाख १ गते ख्याति प्राप्त कलाकारहरुको साथमा साङ्गीतिक साँझा हुने भएको हो ।

कार्यक्रममा गायिका बविना किराती, गायक प्रियजन राई, गायक तथा रचनाकार दुर्लभ जन्तरे, कलाकार सुम्निमा खालिङ, गायक पेम्बा छिरिङ पाख्रिनसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिका उत्रमान राईले जानकारी दिए ।

आगामी शनिवार अपराहन्न ४ बजेबाट सुरु हुने उक्त साँझको डिजे सन्तोष माइलाले गर्ने बताए । । स्थानीय युवाहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको राईको भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर