स्वावलम्वन लघुवित्तले गर्यो स्वर्गीय मगरको परिवालाई कर्जा विमा रकम  हस्तान्तरण - दुधकोशी खबर

स्वावलम्वन लघुवित्तले गर्यो स्वर्गीय मगरको परिवालाई कर्जा विमा रकम  हस्तान्तरण

  • Dudh Koshi २०८० चैत २४ शनिवार १०:५९:०४

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका – ३ तामाखानी स्थित स्वर्गीय टेक बहादुर रानामगरको परिवारले विमा वापतको कर्जा विमा रकम पाएका छन । लघुवित्तका सोलुखुम्बु शाखाले आज मगरको घरमै पुगेर १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

स्वावलम्बन लघुवित्तका कार्यालय प्रमुख सागर श्रेष्ठका अनुसार सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले उपलब्ध गराएको उक्त रकम स्वर्गीय टेकबहादुर राना मगरकी श्रीमती बन्दिमाया मगरलाई उपलब्ध गराईएको हो।

रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा,जिल्ला समन्वय उप-प्रमुख टिका माया मगर,  स्थानीय, कर्मचारी लगायतको उपस्थिति थियो ।

स्वावलम्बन लघुवित्तको हाल सोलुखुम्बुमा ८ सय ६१ जना सदस्य छन । यस लघु वित्तले २०७१ सालदेखि सोलुखुम्बुमा सेवा प्रदान गर्दै आएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर