सोलुदुधकुण्ड नगरपालिकामा सामाजिक समावेशिकरण सम्बन्धी तालिम सम्पन्न - दुधकोशी खबर

सोलुदुधकुण्ड नगरपालिकामा सामाजिक समावेशिकरण सम्बन्धी तालिम सम्पन्न

  • Dudh Koshi २०८० चैत १८ आइतबार ०९:५३:३३

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा तीन दिने बाल अधिकार संरक्षण बाल सुरक्षा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजनामा तथा सोलुदूधकुण्ड नगरपालिकाको समन्वयमा आयोजना गरिएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले शिक्षकको क्षमता अभिवृद्धि सँगै बालबालिकालाई समेत प्रत्यक्षरुपमा क्षमता विकासका लागि तालिम प्रदान गरेकोमा रीड नेपाललाई धन्यवाद दिइन् ।

आजका बालबालिका भविष्यका कर्णधार भएकाले अहिलेदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने बताईन् । सिकेका सीपलाई व्यवहारमा लागु गर्न आग्रह समेत आग्रह गरेकी छिन् ।

तालिममा बाल अधिकार, बाल संरक्षण, बाल सुरक्षा, बाल सहभागिता समावेशी शिक्षा लैङ्गिक मैत्री तथा बाल मैत्री विद्यालय, बाल क्लबको वार्षिक कार्ययोजना निर्माण, बाल संरक्षण निती लगायतका विषयवस्तु तालिममा समावेश गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।

कार्यक्रममा सहभागीको तर्फबाट सिहकाली माविका छात्र गौरव ढकाल, बालेश्वर माविका छात्रा करुणा खड्का जनसुधार आविकी शिक्षक पवित्रा तामाङले आफ्नो विचार प्रस्तुत गर्दै तालिम प्रभावकारी भएको भन्दै ब्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर भित्रका १० वटा विद्यालयका ३० जना बाल क्लबका पदाधिकारीहरु र १० जना बाल संरक्षक तथा लैङ्गिक अधिकारी शिक्षकहरु र महिला बालबालिका शाखा प्रमुख रीता ढुंगानाको उपस्थिति रहेको तालिम प्रशिक्षक सुजता राईले जानकारी दिइन् । सोही प्रकृतिको तालिम हिजोबाट शिशा खोला आविमा समेत चलिरहेको छ उक्त तालिममा २५ विद्यार्थी र ८ शिक्षकले सहभागिता जनाएका छन् । यस अघि अन्य पालिकामा २६१ जना विद्यार्थीलाई तालिम प्रदान गरिसकेको रीड नेपालले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर