सोलुदुधकुण्ड ६ का कृषकहरुलाई तरकारीको विउविजन - दुधकोशी खबर

सोलुदुधकुण्ड ६ का कृषकहरुलाई तरकारीको विउविजन

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ६ ले कृषकहरुलाई विउविजन वितरण गरेको छ । वडाको आर्थिक वर्ष २०८०/०८१ को कृषि कार्यक्रम योजना अन्तरगत विउविजन खरिद गरी कृषक समुह, व्यक्तिगत कृषि फर्म र विभिन्न कृषकहरुलाई विउविजन वितरण गरिएको वडाध्यक्ष फुर्वाग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनका अनुसार आज वडा कार्यालयमा ७० घरधुरी र ३ वटा कृषक समुहलाई गाँजर, बन्दाकोपी, काउली, जुकुनी फर्सी, धनीया, काँक्रो, टमाटर, मुला लगायतका विउविजन वितरण गरिएको हो । कृषि नै नेपालको पहिलो आम्दानी श्रोत हो भन्ने बुझाइका साथ कृषि पेशामा ब्यबसायिक रुपमा लाग्न प्रेरणा मिलोस भनि यो बिउबिजन बितरण गरेको वडाध्यक्ष शेर्पाले बताए ।

आज र भोलि थातिङ, थितोङ, च्याल्सा, छुल्यामु, दोरिप र दोर्पुका कृषकहरुलाई विउविजन वितरणको कार्यक्रम रहेको र चैत्र १८ गते बिहान ११ बजेदेखि ४ बजेसम्म खोरिया र टप्पुटारका नागरिकहरुलाई आधारभूत स्वास्थ्य केन्द्र खोरीयामा वितरण गरिने वडा कार्यालयले जनाएको छ।
तरकारीका बीउ पाएसँगै कृषकहरुले वडाको खुलेरै प्रसंसा गरेका छन । साथै अन्य छुटेका कृषकहरुले पनि तरकारी बिउबिजनका लागि वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर