अनेरास्ववियुको केन्द्रिय सदस्यमा फुर्वा छिरिङ शेर्पा मनोनीत। - दुधकोशी खबर

अनेरास्ववियुको केन्द्रिय सदस्यमा फुर्वा छिरिङ शेर्पा मनोनीत।

दावा जाङ्बु शेर्पा :काठमाडौं

अनेरास्ववियु केन्द्रीय कमिटीको तेस्रो बैठकबाट
रामेछाप जिल्लाका विद्यार्थी युवा नेता फुर्वा छिरिङ शेर्पा अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

बिगत लामो समय देखि शेर्पा विद्यार्थी आन्दोलनको मुल प्रवाहमा सहभागि हुने पिपल्स क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा सचिब पदमा भारी मतले जित्न सफल हुने शेर्पा समुदायबाट एक मात्र शेर्पा विद्यार्थी हुन ।

चैत्र १३ गते पद तथा गोपिनीयता सपथ ग्रहण गर्दै २२० जना केन्द्रीय सदस्य हुदा आफु पनि त्यो मध्ये एक हुनु पाउदा आफैमा गर्वको विषय भएको बताएका छन् ।
पार्टीले आफ्नो मुल्यांकन गरि केन्द्रीय सदस्यमा मनोनीत गरि मुल्यांकन भएको उनको भनाई छ । स्नातकोत्तर (मास्टर) गर्दै गरेको शेर्पा क्याम्पस टपर समेत रहेका छन।

शेर्पा अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनित भईसकेपछि विद्यार्थी राजनैतिकमा केही आशा पलाएको अनेरास्ववियु विद्यार्थी नेताहरुले बताएका छन् ।

पार्टीको हित र संरक्षणका लागि सधै भरी सकारात्मक लडाइँ र विरोध कार्यक्रम गरि नागरिकलाई न्याय दिन र विद्यार्थीका समस्याको लागि दिनरात नभनी सामाजिक कार्यका लागि सधै अग्रसर रहेका शेर्पा । नेपाल शेर्पा बिद्यार्थी संघको केन्द्रीय सह-अध्यक्ष पनि हुन ।

तपाईको बिचार

सम्बन्धित खबर