शिखर पोष्ट मिडियाको लोगो आमादब्लम हिमालमा फहराउदै । - दुधकोशी खबर

शिखर पोष्ट मिडियाको लोगो आमादब्लम हिमालमा फहराउदै ।

काठमाडौं:दुधकोशी खबर

शिखरपोष्ट मिडियाको लोगो विश्वको सुन्दर हिमाल आमादब्लममा फहराइने भएको छ । यूवा आरोही टेकचन्द्र राईले शिखरपोष्टको लोगो आमादब्लममा फहराउन लागेका हुन् ।

शिखरपोष्ट मिडिया ग्रुपका अध्यक्ष प्रकाश खालिङले बुधबार काठमाडौंमा उक्त लोगो आरोही राईलाई हस्तान्तरण गरे । आरोही राई आउँदो १ जनवरीमा आरोहणका लागि त्यस तर्फको यात्रा सुरु गर्दैछन् ।

उनले यसअघि पनि आमादब्लम हिमालको सफल आरोहण गरेका थिए । ६८१२ मिटर उच्चाईको आमादब्लम विश्वको सुन्दर तर, आरोहणका लागि कठिन हिमाल हो ।

 

शिखरपोष्टको लोगो यसअघि आरोही नर्विन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुर्याए फहफराएका थिए । 

तपाईको बिचार

सम्बन्धित खबर