गोराखानीबाट १६ जना मोतिबिन्दुका बिरामी छनौट - दुधकोशी खबर

गोराखानीबाट १६ जना मोतिबिन्दुका बिरामी छनौट

  • Dudh Koshi २०८० चैत १३ मङ्गलबार २१:३१:५३

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर -९ गोराखानीमा एक दिने मोतिबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।

मोतिबिन्दुका बिरामिहरुको लागि जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु, तिलगंगा आँखा प्रतिष्ठान गौशला, काठमाडौँको आयोजना तथा विभिन्न स्थानीय तह, संघ संस्था, स्वास्थ्य संस्थाको समन्वयमा एक दिने मोतिबिन्दु शिविर सम्पन्न भएको वडाध्यक्ष धनराज तामाङले जानकारी दिए।


उनका अनुसार गोराखानी स्वास्थ्य चौकिमा आयोजित छनौट शिविरमा जम्मा १७१ जना सेवाग्राहीले सेवा लिएकोमा १६ जना माेतिबिन्दु छनाैटमा परेका हुन ।
साथै आफु निर्वाचित भए यता गोराखानीमा दोश्रो पटक  शिविर संचालन भएको उनले जानकारी दिए।
शिविरमा दुई पटक नै अत्याधिक गोरावासी जनसमुदायले मोतिबिन्दु सम्बन्धि सेवा लिएको समेत वडाध्यक्ष तामाङको भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर