सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका- ९ का व्यबसायिक कृषकहरुलाई बीउविजन वितरण गरिएको छ ।
कृषि कै माध्यमबाट आर्थिक समृद्धि हाँसिल गर्ने उदेश्यले वडा कार्यालयको तर्फबाट ८ वटा कृषक समुहहरुलाई उन्नत जातका तरकारी बीउबिजन बितरण गरिएको वडाध्यक्ष धनराज तामाङले जानकारी दिए ।
उनका अनुसार हिउँदे फलफूल युवा कृषक समुह, डाँफे मिश्रित कृषक समुह, सरस्वती कृषक समुह, छेवर कृषक समुह, नमस्ते कृषक समुह, धारापानी बहुउद्देश्यीय कृषि समुह, बौद्ध कृषक समुह र फ्याफुल्ला कृषक समुहलाई गाँजर, बन्दा, काउली, जुकुनी फर्सी, टमाटर लगायतका बिउविजन वितरण गरिएको छ ।
कृषि नै नेपालको पहिलो आम्दानी श्रोत हो भन्ने बुझाइका साथ कृषि पेशामा ब्यबसायिक रुपमा लाग्न प्रेरणा मिलोस भनि यो बिउबिजन बितरण गरेको वडाध्यक्ष तामाङले बताए ।
तरकारीका बीउ पाएसँगै कृषकहरुले वडाको खुलेरै प्रसंसा गरेका छन । साथै अन्य छुटेका गोरावासी कृषकहरुले पनि तरकारी बिउबिजनका लागि वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन ।
तपाईको बिचार