सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधिन तल्लो सोलु जलविद्युत आयोजना (८२ मेघावाट) का २६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान जिबनदानको मुल मन्त्रलाई अवलम्बन गरी नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा सोलुखुम्बुको समन्वय र जिल्ला सामुदायिक अस्पताल ओखलढुंगाको प्राविधिक सहयोगमा आज आयोजनाका कर्मचारी तथा ठेकेदार कम्पनीको कर्मचारी गरी जम्मा ७० जनाको स्वास्थ्य परीक्षण र २६ जनाले रक्तदान गरेको तल्लो सोलु जलविद्युत आयोजनाका प्रवन्धक धर्मेन्द्र गोतामेले जानकारी दिए ।
यस आयोजनाले समय समयमा कर्मचारीहरुको सामान्य स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । तल्लो सोलु जलविद्युत आयोजना केही वर्षभित्रै संचालनमा समेत आयोजनाले जनाएको छ ।
तपाईको बिचार