महाकुलुङ टेलिभिजनको झण्डा सगरमाथामा जनकरामले फहराउदै । - दुधकोशी खबर

महाकुलुङ टेलिभिजनको झण्डा सगरमाथामा जनकरामले फहराउदै ।

दिप खालिङ: दुधकोशी खबर

महाकुलुङ टेलिभिजनको झण्डा र माइक विस्वको सर्बोच्च शिखर सगरमाथाको शिखरमा जनक राम कुलुङले पहिलो पटक फहराउदै छन ।

महाकुलुङ मिडिया प्रा.लि. का सस्थापक अध्यक्ष, गायक तथा संगीतकार अजय अलङ्कारले काठमाडौमा  “विस्वको सर्बोच्च धरातलबाट निस्पक्ष र ताजा आवाज, महाकुलुङ टेलीभिजन” स्लोगान  सहितको झण्डाको लोगो सगरमाथा आरोही जनक राम कुलुङलाई हस्तान्तरण गर्नु भएको हो ।

नेपाली सञ्चार जगतमा विगत लामो समयदेखि सक्रिय रुपले अगाडि बढ्दै गरेको महाकुलुङ मिडिया प्रा.लि वि.स. २०७६ सालमा नेपाल सरकारको सञ्चार तथा सूचना विभागबाट इजाजत प्राप्त गरि काठमाडौं महानगरपालिका -२९, अनामनगरबाट सञ्चालन हुँदै आएको छ ।

विगत लामो समय देखि संचालित महाकुलुङ टेलिभिजन स्थापना २०७६ साल देखि  बैधानिक रुपमा स्थापित मिडिया हो । सगरमाथाको शिखरमा मिडियाको झण्डा फहराउनु गौरबको कुरा रहेको अध्यक्ष अलङकारले बताउनु भयो ।

विगतमा थुप्रै हिमाल मनास्लु, धौलागिरी र आमदाप्लम लगायत ६ वटा पिक  चढिसकेकेका महाकुलुङ गुदेल निवासी जनक राम कुलुङले  महाकुलुङ टेलिभिजनको झण्डा बोर्ड, लोगो र माइक फहराउनु आफैमा एक इतिहास रच्ने दाबी गर्नु भयो ।

तपाईको बिचार

सम्बन्धित खबर