साँच्चै के होला ? (कविता)- योग्य प्रसाद राई - दुधकोशी खबर

साँच्चै के होला ? (कविता)- योग्य प्रसाद राई

✍️योग्य प्रसाद राई

कविताः साँच्चै के होला ?

कोही मर्नु नपरोस् भनेर
बाँच्न खोज्दा खोज्दै मरेर जान्छन्
कोही बाँच्नै नपरोस् भनेर
बाँच्दा बाँच्दै मरेर जान्छन् ।

फरक यति छ
रहरबिना मर्नुपर्दा
श्‍वास फेर्छु भन्दापनि रोकिहाल्छ
रहरसहित मर्छुभन्दा
श्‍वास फैर्दै फेर्दिन भनि रोक्नुपर्छ ।।

समान यही छ
रहरबिना अनि रहरसहित
मरेर जानेले दुबैले
भौतिकरूपमा यो धर्ती छोड्नुपर्छ
बाँच्नेले रुनुपर्छ
बिस्तारै आलो घाउमा
खाटो लाउनुपर्छ ।।।

त्यसैले,
बाँच्दा बाँच्दै मरेर जानेले
बाँच्छुभन्दा भन्दै बाँच्न नसक्नेको
रहर अनि सपनालाई सोचेर
बाँच्नेको आँशु र दुःख
त्यो घाउ र पीडा
मगजमा राखिदिएर
रहरले कहिल्यै नमर्ने प्रण गरे
साँच्चै के होला…
भन्नु त बाँच्ने जति सबैले
साँच्चै के होला… ????

 

तपाईको बिचार

सम्बन्धित खबर