नेपाल शेर्पा विद्यार्थी संघको महाधिवेशनमा सोलुखुम्बुका गेलु शेर्पा बरिस्ठ उपाध्यक्षम उम्मेदवारी घोषणा । - दुधकोशी खबर

नेपाल शेर्पा विद्यार्थी संघको महाधिवेशनमा सोलुखुम्बुका गेलु शेर्पा बरिस्ठ उपाध्यक्षम उम्मेदवारी घोषणा ।

दावा जाङबु शेर्पा :काठमाडौं

उच्च शिक्षामा अग्रसरता, निजामती क्षेत्रमा शेर्पा विद्यार्थीहरुको व्यापक सहभागिता भन्ने मुल नाराका साथ हुन गइरहेको नेपाल शेर्पा विद्यार्थी संघ को १४ औ ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङका गेलु शेर्पाले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन ।
शेर्पा बिद्यार्थी संघकेन्द्रको विभिन्न कार्यक्रम र गतिविधिलाई जिल्ला जिल्लामा पुर्याउने शेर्पा जातिको भाषा धर्म संस्कृति कलामा आधुनिकताको नाममा विकृति सृजना भएको भन्दै अब शेर्पा विद्यार्थीहरुमा परम्परागत शेर्पा भाषा धर्म संस्कृति प्रति आकर्षण गराउने मुल एजेन्डाका साथ वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेको शेर्पाले बताएका छन ।
शेर्पा २०७३ साल देखि जिल्ला सदस्य हुदै १३औ महाधिवेशन बाट केन्द्रिय उपाध्यक्ष मा निर्वाचित भएका हुन भने शेर्पा पिके याक लज एण्ड लजका संचालक समेत रहेका छ्न ।

तपाईको बिचार

सम्बन्धित खबर