को हुन त, नेपाल शेर्पा विद्यार्थी संघको महासचिव पदका उम्मेदवार पेम्बा ग्याल्छेन शेर्पा? - दुधकोशी खबर

को हुन त, नेपाल शेर्पा विद्यार्थी संघको महासचिव पदका उम्मेदवार पेम्बा ग्याल्छेन शेर्पा?

दावा जाङ्बु शेर्पा: काठमाडौं

नेपाल शेर्पा विद्यार्थी संघको १४ औं राष्ट्रिय महाधिवेशन यहि मिति २०८० चैत्र १० गते सम्पन्न हुन लागेको शेर्पा विद्यार्थीहरुको साझा संगठन नेपाल शेर्पा विद्यार्थी संघको १४ औँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा ओखलढुंगाका पेम्बा ग्याल्छेन शेर्पा प्रत्याशीमा रहनु भएको छ ।

ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ३ का पेम्बा ग्याल्छेन शेर्पा महासचिव पदको प्रत्याशीमा रहेको हो । “उच्च शिक्षामा अग्रसरता, निजामती क्षेत्रमा शेर्पा विद्यार्थीहरुको व्यापक सहभागिता” भन्ने मुलनारालाई शिरोपर गर्दै महासचिव पदका लागि दाबी गरेको शेर्पाले बताए । महासचिव पदको प्रत्याशी शेर्पा बिद्यार्थीहरुको हक हित अधिकारको लागि दिन रात खट्न सक्ने सकृय , निडर तथा जुझारु ब्यक्ती हुन् ।

नेपाल शेर्पा बिद्यार्थी संघ खिजीदेम्बा उपाध्यक्ष हुदै २०७१ सालमा स्थापित नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुङ्गाका सदस्य २०७६ सालमा संघको १२ आंै राष्ट्रिय महाधिवेशनमा सदस्य भएका थिए । तत्पश्चात २०७८ को १३ आंै राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत रुपमा सचिव भएका थिए ।

१४ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटी सदस्य समेत रहेका शेर्पा, पर्यटन क्षेत्रमा समेत सफल रुपमा काम गर्दै आएको छन्, शेर्पा विद्यार्थी हक हित र अधिकारको जनभावनालाई कदर गर्दै यो पटक केन्द्रिय महासचिब पदमा दाबी गरेको उहाँले बताउनु भयो।

तपाईको बिचार

सम्बन्धित खबर