दुधकोशी खबर:सोलुखुम्बु
मौसम परिबर्तन भए सङै आज सोलुखुम्बुको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिजो देखि सुरु भएको हिमपात र चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ ।
“पूरै खुम्बु सेताम्मे बनेको छ । यहाँ हिउँले वनजङ्गल, घर, विद्यालय सबै ढाकिएको छ । बुधबार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ । विद्यार्थीको परीक्षा चलिरहेकाले केही समस्या भइरहेको छ ।
हिमपातपछि किसान भने खुसी भएका छन् । ब्यबसायी र पर्यटकहरु बर्षा र हिमपातको कारणले प्रभाब परेको छ ।
जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको र विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक छ । सिजनमा वर्षात् हुनुपर्ने भए पनि नाम्चेसहितका क्षेत्रमा पुस, माघकै झल्को दिनेगरी भारी हिमपात भएको ब्यबसायी उदास राइ(खुम्बुले कान्छा) ले जानकारी दिनु भयो।
तपाईको बिचार