जनसुधार आवि खोरीयामा बन्ने भयो आरसिसि भवन, वडाध्यक्ष शेर्पाले गरे शिलान्यास - दुधकोशी खबर

जनसुधार आवि खोरीयामा बन्ने भयो आरसिसि भवन, वडाध्यक्ष शेर्पाले गरे शिलान्यास

सोलुखुम्बु । जिल्लाको सोलुुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित जनसुधार आधारभूत विद्यालयमा नयाँ भवन बन्ने भएको छ । कक्षा ५ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा नयाँ विद्यालय भवन बनेपछि कक्षा ६ सम्म पठनपाठन हुने निश्चित भएको हो।

अमेरिकन संस्था खोरिया एजुकेशन फाउण्ड अर्गनाईजेसनको करिब १५ लाख लागतमा निर्माण सुरु भएको उक्त २ कोठे आरसिसी भवनको आज वडाध्यक्ष फुर्वाग्याल्जेन शेर्पाको बाहुल्यतामा शिलान्यास गरिएको छ ।

विक्रम संवत् २०२५ सालमा स्थापना गरिएको जनसुधार आविमा अहिले करीब ६१ जना विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण कार्य यही शैक्षिक सत्रभित्र सम्पन्न गरी कक्षा सञ्चालन गर्ने संस्थाका नेपाल प्रतिनिधी फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय, युवा, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजिबी लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

तपाईको बिचार

सम्बन्धित खबर