सोलुखुम्बु:दिप खालिङ
नेपाल आइसल्याड सपोर्ट अर्गनाइजेसन(इन्सो)ले सोलुदुधकुण्ड नगरपालिका वडा १, टाक्सिन्दु भित्रका बिद्यालयमा अध्यानरत विद्यार्थी तथा शिक्षकहरुलाई शैक्षिक सामग्री र बिध्यालय पोशाक बितरण गरेको छ ।
वडा भित्रका १ माध्यामिक, ६ वटा आधारभुत बिध्यालय र टागोन सेर्डुप थर्लिङ गुम्बामा अध्यानरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री र शिक्षकहरुलाई ज्याकेट उपलब्ध गरेको हो ।टाक्सिन्दुको शैक्षिक क्षेत्रमा टेवा पुगोस भन्ने उदेश्यले नेपाल आइसल्याड सपोर्ट अर्गनाइजेसनको आर्थिक सहयोगमा बितरण सस्थाको अध्यक्ष देण्डी शेर्पाले जानकारी दिनु भयो ।
एक सफल पर्यटन ब्यबसायी तथा समाजसेबि देन्डी शेर्पा आफुले बिगतमा बिध्यालयमा अध्ययन गर्दा दुख भोगेको तिता अनुभव सङगाल्दै उक्त बिध्यालयका शिक्षक तथा विद्यार्थीहरुको शैक्षिक भबिस्यको लागि सहयोग उपलब्ध गर्दै आएको बताउनु भयो ।
नेपाल आइसल्याड सपोर्ट अर्गनाइजेसन(इन्सो)ले वडा भित्रका सन्चालित सामुदायिक बिध्यालयहरुमा भौतिक रुपमा सहयोग गर्नु भएको हो ।
तपाईको बिचार