किरात खालिङ राईको केन्द्रिय समितिमा बल बहादुरको नयाँ नेतृत्व - दुधकोशी खबर

किरात खालिङ राईको केन्द्रिय समितिमा बल बहादुरको नयाँ नेतृत्व

काठमाडौं: दुध्कोशी खबर

किरात खालिङ राई उत्थान संघको केन्द्रीय अध्यक्षमा बलबहादुर खालिङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको आठौं केन्द्रीय महाधिवेशनले बलबहादुरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा जय कुमार खालिङ, प्रथम उपाध्यक्षमा आसपूर्ण खालिङ, द्धितीय उपाध्यक्षमा आसबरी खालिङ, महासचिवमा मानबीर खालिङ, सचिवमा निरकुमार खालिङ, सहसचिवमा बसन्त खालिङ र कोषाध्यक्षमा सलिना खालिङ निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा रोजिना खालिङ, नविन खालिङ, अर्जुन खालिङ, बलबहादुर खालिङ, मिना कला खालिङ, महेश खालिङ, पर्वत खालिङ, भुषण खालिङ, शिवराज खालिङ, पूर्ण खालिङ र विष्णु खालिङ रहेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर