किरात खालिङ राई उत्थान संघ जिल्ला कार्य समितिमा महेश राईको अध्यक्षतामा ११ जना पदाधिकारीहरु चयन - दुधकोशी खबर

किरात खालिङ राई उत्थान संघ जिल्ला कार्य समितिमा महेश राईको अध्यक्षतामा ११ जना पदाधिकारीहरु चयन

सोलुखुम्बु: दिप खालिङ

किरात खालिङ राई उत्थान संघ जिल्ला कार्य समितिमा महेश राईको अध्यक्षतामा ११ जना पदाधिकारीहरु चौथो जिल्ला सम्मेलनले चयन हुनु भएका छ्न ।

सल्लेरीमा भएको एक सम्मेलन कार्यक्रममा पुन: अध्यक्षमा महेश राई चयन हुनु भएको हो । जिल्ला कार्य समितिको प्रथम  उपाध्यक्ष मिङमार राई, द्दितिया उपाध्यक्ष मणि कुमार राई, सचिब सज्जन राई, सह सचिब भबी राज राई, कोष अध्यक्ष इन्दिरा मगर राई, सद्स्य मनिका राई, माया बम्जन तामाङ राई, दिनेश राई, नल बहादुर राई र प्रदिप खालिङ उक्त पदाधिकारीमा चयन हुनु भएका छन ।

किरात खालिङ राई उत्थान केन्द्रीय कार्य समितिको सङरक्षक तथा माप्या दुधकोशी गाउपालिकाका प्रमुख बुद्दी किरण राईको उपस्थितिमा र अन्य खालिङ राईहरुको उपस्थितिमा किरात खालिङ राई सङ जिल्ला कार्य समितिको चौथो सम्मेलन सम्पन्न भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर