सोलुखुम्बु । वडा स्तरीय पारदर्शी, जवाफदेहिताको सवाल र आ.ब. २०८०/८१ प्रथम र चौमासिकको सार्वजनिक सुनुवाई आज एक कार्यक्रम सहित सम्पन्न भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ को आयोजनामा भएको कार्यक्रममा वडाको २०८०/८१ प्रथम र चौमासिकमा प्राप्त सिलिङ बजेट र वडाको भित्रको बिकास स्तरियताको जनता र जनप्रतिनिधि बीच सवाल जवाफ भएको थियो ।
आफ्नो वडा समेत रहेको वडा – २ मा जनताहरुलाई प्रदान गरिरहेको सेवा उत्कृष्ट रहेको र नगरबाट उपलब्ध गर्नु पर्ने हरेक सहयोग क्षेत्रमा निरन्तर रहने नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनु भयो ।
सोलुदुधकुण्ड नगरपालिकाको सिमित बजेटमा वडा नम्बर २ भित्र धेरै बिकास भएको र आफ्नो कार्यकालमा वडा भवनको बजेटलाई अन्य भौतिक बिकासमा प्रयोग गरि वडाको समग्र बिकासमा जोड दिने अध्यक्ष ङवाङ ठिले शेर्पाले बताउनु भयो ।
शैक्षिक क्षेत्र, स्वास्थ सेवा, यातायात सडक, खानेपानी बिकास र महिला तथा बालबालिकाहरुको निम्ति सेवा दिन र वडा विकासोन्मुख रुपमा अगाडि रहेको सार्बजनिक सुनुवाइको उद्देश्यमा नगरपालिकाका योजना शाखाका प्रमुख राम कुमार खडकाले प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा वडाबासी दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहि सबाल जबाफ सहित सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको बिचार