सोलुदुधकुण्ड - ८ मा सीप विकास तालिम सुरु, मेयर शेर्पाले गरे स्विच थिचेर उद्घाटन - दुधकोशी खबर

सोलुदुधकुण्ड – ८ मा सीप विकास तालिम सुरु, मेयर शेर्पाले गरे स्विच थिचेर उद्घाटन

  • Dudh Koshi २०८० फागुन २९ मङ्गलबार १८:१७:२४

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका – ८ केरुङमा सीप विकास तालिम सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा तथा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) र लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रीपुरेश्वर काठमाडौंको आर्थिक सहयोगमा १ महिने प्रविधी हातेहोजियारी एडभान्स सीप विकास तालिम आजबाट सुरु भएको हो ।

तालिमको उद्धाटन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले तालिममा सिकेको सीप व्यवहार उतार्न आग्रह गर्नुभयो । सिप विकास तालिम आजदेखी चैत्र २९ गतेसम्म सन्चालन हुनेछ ।

तालिममा स्थानीय २० जना महिलाहरु सहभागी छ्न । उनिहरुलाई डिजिटल मेसिनबाट सिलाई सिकाईनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर