मनिषा कुलुङ:प्रीय नारी
Dear girls,
चुलोमा बसेर
आमाको मेहनत सिकौ
बाबाको परिश्रम बुझौ।
घरभित्र रहेर,
भित्रकै संसार जानौ
घरबाट टाढा रहेर
बाहिरको समाज बुझौ।
शृङ्गारिएर नारिकै स्वरुप लिऔ,
तर बिना शृङ्गारले पुरुष सरह सक्षम हुन पनि सिकौ।
बहिनी भएर दाजुमा निर्भर रहौ
तर दिदी भएर
भाईको संरक्षण पनि गर्न सकौ।
कुनै पुरुषको श्रीमती
र
कुनै घरको बुहारी बन्नु नै छ
तर,
पहिला सक्षम नारी बन्न सकौ।
एक दिन नारी दिवस मनाउन मात्र होइन
हर समय
हर दिन
आफुलाई आफू मै निर्भर बनाउन सिकौ।
र
प्रत्येक दिन आफ्नो दिवस आफै सफल बनाऔ।
तपाईको बिचार