ओखलढुंगा बज्रगुरु मन्त्र जप कार्यक्रमको तयारी अन्तिम चरणमा - दुधकोशी खबर

ओखलढुंगा बज्रगुरु मन्त्र जप कार्यक्रमको तयारी अन्तिम चरणमा

दावा जाङ्बु शेर्पा :काठमाडौं

ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं-४ चर्नालुमा फागुन २७ गतेदेखि चैत ४ गते सम्म हुने बज्रगुरु मन्त्र जप कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।

श्रद्वालु भक्तजनहरुका लागि स्थलमा टहरा निर्माण खानेपानी व्यवस्थापन सबै कार्यकोे सुरुवात भइसकेको  छ । महायानी बौद्ध धर्मावलम्वीले विश्व शान्ति र सम्पुर्ण प्राणीको हितार्थ वज्र गुरु जप पूजा गर्ने परम्परा रहेको छ । कार्यक्रममा आर्य–अवलोकितेश्वार, आर्य तारा, आर्य मन्जुश्रीको मन्त्रको आागम, धर्म देशना तथा आयुअभिषेक सँगै प्रवचन कार्यक्रम रहने छ।

बज्रगुरु मन्त्र जप गर्नको लागि काठमाडौं दोलखा ताप्लेजुङ सोलुखुम्बु सिक्किम लगायतका अन्य जिल्लाहरुबाट समेत गरि दश देखि १३ सय जनाको हाराहारीमा जनसहभागिता रहने अनुमान गरिएको वज्रगुरु मत्र जप पुजामा किल्खोर्दिङ गोन्पाका पूजानीय श्रद्धेय धर्मगुरु लामा तेन्जिङ राङड्रोल रिन्पोछेर पूजानीय श्रद्धेय धर्मगुरु खेन रिन्पोछे साङ्गे रङज्युङ ज्युले पदार्पण गर्नु भई विभिन्न वाङ अभिषेक प्रदान गरिने र साथै श्रद्धेय धर्मगुरु खेन्पो टुल्कु लोपेनहरुद्वारा बिशेष धार्मिक प्रवचन दिईने कार्य तालिका रहेको संयोजक ङवाङ थोचेन लामा शेर्पाले जानकारी दिनु भयो

तपाईको बिचार

सम्बन्धित खबर