दावा जाङ्बु शेर्पा :काठमाडौ
नेपाल शेर्पा विद्यार्थी संघको १४ औं राष्ट्रिय महाधिवेशन यहि मिति २०८० चैत्र १० गते सम्पन्न हुन लागेको शेर्पा विद्यार्थीहरुको साझा संगठन नेपाल शेर्पा विद्यार्थी संघको १४ औँ राष्ट्रिय महाधिवेशनमा महासचिवको पदको उम्मेदवारमा रहनु भएका पेम्बा ग्याल्छेन शेर्पाले आफ्नो एजेन्डा र घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रिय महासचिवमा ओखलढुंगाका पेम्बा ग्याल्छेन शेर्पा पनि प्रत्याशीमा रहनु भएको छ । शेर्पा विद्यार्थी संघको आसन्न चैत्र १० गते हुने १४ औ राष्ट्रिय महाधिवेशनमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ३ का शेर्पा पनि महासचिव पदको प्रत्याशीमा रहेको हो । “उच्च शिक्षामा अग्रसरता, निजामती क्षेत्रमा शेर्पा विद्यार्थीहरुको व्यापक सहभागिता” भन्ने मुलनारालाई शिरोपर गर्दै महासचिव पदका लागि दाबी गरेको शेर्पाले बताए । महासचिव पदको प्रत्याशी शेर्पा २०७१ सालमा स्थापित नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुङ्गाका सदस्य हुदै २०७६ सालमा संघको १२ आंै राष्ट्रिय महाधिवेशनमा सदस्य भएका थिए । तत्पश्चात २०७८ को १३ आंै राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत रुपमा सचिव भएको थियो ।
१४ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटी सदस्य समेत रहेका शेर्पाले शेर्पा बिद्यार्थीहरु को निम्ति ९ वर्षे लामो योगदान र शेर्पा विद्यार्थीको हक हित र अधिकारको जनभावनालाई कदर गर्दै यो पटक केन्द्रिय महासचिव पदमा दाबी गरेको महासचिब पदका उम्मेदवार पेम्बा ग्याल्छेन शेर्पाले बताए । शेर्पा, पर्यटन क्षेत्रमा समेत सफल रुपमा काम गर्दै आएको छन्,शेर्पा विद्यार्थी हक हित र अधिकारको जनभावनालाई कदर गर्दै यो पटक केन्द्रिय महासचिब पदमा दाबी गरेको उहाँले बताउनु भयो।
तपाईको बिचार