फेसबुकमा आयो समस्या, भयो आफै प्रयोगकर्ताको प्रोफाईल लग आउट - दुधकोशी खबर

फेसबुकमा आयो समस्या, भयो आफै प्रयोगकर्ताको प्रोफाईल लग आउट

  • Dudh Koshi २०८० फागुन २२ मङ्गलबार २१:५६:४४

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।

Tata
Futuressoft
Folliderm

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

Laxmi sunrise bank

यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

तपाईको बिचार

सम्बन्धित खबर