शेर्पा किदुग रोमानियाको लोसार कार्यक्रमको तयारी अन्तिम चरणमा - दुधकोशी खबर

शेर्पा किदुग रोमानियाको लोसार कार्यक्रमको तयारी अन्तिम चरणमा

दावा जाङ्बु शेर्पा: काठमाडौं

शेर्पा किदुग रोमानियाले यस बर्षको ग्याल्बो लोसार भव्यताका साथ रोमानियामा बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि मनाउन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१५१ अाै स्यिङ फो डुग लो ग्याल्बो लोसारलाई अविस्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा किदुग तिब्र तयारीमा जुटेको छ । मार्च १० तारिखका दिन तय गरिएको लोसार बिशेष कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पाले जानकारी दिनु भयो

शेर्पा किदुग रोमानियाले गर्न गइरहेको लेासार कार्यक्रममा रोमानियामा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन, भने बिशेष गरि हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा संस्कृति झल्काउने गरि कार्यक्रम हल तथा मन्चको ब्यबस्थापन गरिने छ । शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहनेछन, साथै कार्यक्रममा विभिन्न नेपाली र सेलो गीतहरु गाएर मनोरन्जन दिलाऊनेछन भने कार्यक्रमको अन्तमा डीजे सेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल प्रदान गर्नेछन ।

कार्यक्रम रोमानियास्थित कोस्तान जोरजेन मेट्रो स्टेसन बाट करिब ५ मिनेट पैदल यात्रामा पुग्न सकिन्ने कार्यक्रम बिहान ११ बजे देखि ९ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोषाक पनि प्रदर्शन गरिने कार्यक्रममा रोमानियानस्थित नेपाली दूताबास, एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, शेर्पा तथा गैर शेर्पा सबै रोमानियाबासी नेपालीहरुलाई आमन्त्रण गरिएको छ
कार्यक्रम मा रोमानियन नागरिक हरु को पनि उपस्थित रहने र ।
पत्रचार नपुगेको खण्डमा यसै समचारलाई आधारमानी उपस्थित भईदिन शेर्पा किदुग रोमानियाले बिनम्र अनुरोध गरिएको छ।

शेर्पा किदुगले रोमानियाबासी शेर्पा तथा गैर शेर्पा नेपाली समुदायलाई आपतविपदमा बिभिन्न सहयोग गर्दै आएको समाजिक संस्था हो ।
साथै लोसार कार्यक्रमको प्रत्यक्ष प्रसारण पिके टिभी INFO TV MEDIA NEPAL र रोमानियान चर्चित च्यानल बाट लोसार कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर