दावा शेर्पा: काठमाडौ
नेपाल शेर्पा संघ महाकुलुङ गाउँपालिका कार्यसमितिको दोस्रो गाउँपालिका अधिवेशन काठमाडौंको नारायणटारमा भब्य रुपमा सम्पन्न भए सङ्गै अध्यक्षमा लाक्पा ओङदी शेर्पा चयन हुनुभएको हो।
नेपाल शेर्पा संघ महाकुलुङ गाउँपालिकाको १३ नया कार्यसमिति पदाधिकारीहरु अधिबेशनबाट चयन हुनु भएको छ। सोलुखुम्बु जिल्ला प्रदेश सभा क का माननीय गोम्बु शेर्पा कर्ज्याङको प्रमुख आतिथ्यता रहेको र विशेष अतिथि नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे शेर्पा लामा ,नेपाल बाैद्ध महासंघ पुर्व अध्यक्ष आर्चय नुर्बु शेर्पा , बेल्जियमका लागि कन्सुलर आङ छिरिङ शेर्पा पुर्व माननीय संसद आङ दावा शेर्पा , मारतिक गुम्बाका प्रमुख लामा लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा केन्द्रीय कार्यालय सभाहल नारायणटारमा अधिबेशन कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तेम्बा शेर्पाले जानकारी दिनु भयो।
अधिवेशन कार्यक्रमको अवसरमा शेर्पा संघ महाकुलुङको जग्गा खरिदको निम्ति सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको बताएको छ
शेर्पा समुदायको मुख्य थाक्थलो रहेकाको महाकुलुङमा गाउँपालिकामा विस्तार भएको शेर्पा संघ महाकुलुङले शेर्पा समुदायको हकअधिकार स्थापित गर्न र भाषा, धर्म, संस्कृति संरक्षण गर्न विभिन्न् कार्यहरू गर्दै आएको अध्यक्ष लाक्पा ओङ्दी शेर्पाले बताउनुभयो
तपाईको बिचार