सोलुदुधकुण्ड नगरपालिका १ को सार्बजनिक सुनुवाइ सप्पन्न । - दुधकोशी खबर

सोलुदुधकुण्ड नगरपालिका १ को सार्बजनिक सुनुवाइ सप्पन्न ।

दुधकोशी खबर:सोलुखुम्बु
वडा स्तरीय पारदर्शी, जवाफदेहिताको सवाल र आ.ब. २०८०/८१ प्रथम र चौमासिकको सार्वजनिक सुनुवाई आज एक कार्यक्रम सहित सप्पन्न भएको छ ।
सोलुदुधकुण्ड नगरपालिक वडा न १को आयोजनामा भएको कार्यक्रममा वडाको २०८०/८१ प्रथम र चौमासिकमा प्राप्त सिलिङ बजेट र वडाको भित्रको बिकास स्तरियताको जनता र जनप्रतिनिधि बीच सवाल जवाफ भएको थियो ।
सोलुदुधकुण्ड नगरपालिकाको सिमित बजेटमा वडा न १ भित्र धेरै बिकास भएको र यस वडा नम्बर हिमाल, दुधकुण्ड जस्तो प्रशिद्व धार्मिक स्थल, विभिन्न प्राकृतिक स्रोत, सरकारी तथा गैर सरकारीले वडाको बिकास गरेकोले नगरपालिका नमुना नगर बनाउन वडा न १ को प्रमुख महत्व र अहम भुमिका रहेको अध्यक्ष छोङबा शेर्पाले बताउनु भयो ।
शैक्षिक क्षेत्र, स्वास्थ सेवा, यातायात सडक, खानेपानी बिकास र महिला तथा बालबालिकाहरुको निम्ति सेवा दिन र वडा विकासोन्मुख रुपमा अगाडि रहेको सार्बजनिक सुनुवारमा प्रकाश पारिएको थियो ।
वडा न १ ले जनताहरुलाई प्रदान गरिरहेको सेवा उत्कृष्ट रहेको र नगरबाट उपलब्ध गर्नु पर्ने हरेक सहयोग क्षेत्रमा निरन्तर रहने नगरपालिका उपप्रमुख गान्धी माया तामाङले बताउनु भयो ।
उक्त कार्यक्रममा वडाबासी दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहि सबाल जबाफ सहित सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको बिचार

सम्बन्धित खबर