निर्माणधिन ज्याङछुब छोर्तेन (बोधी चैत्य) फागुन २५ गते प्राण प्रतिष्ठान पुजा हुने - दुधकोशी खबर

निर्माणधिन ज्याङछुब छोर्तेन (बोधी चैत्य) फागुन २५ गते प्राण प्रतिष्ठान पुजा हुने

दावा जाङ्बु शेर्पा :काठमाडौं

ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ५ पञ्चाबुद्धमा निर्माण भएको  ज्याङ छ्यु छ्योरतेन बोधि चैत्यको समुदघाटन हुने भएको छ ।

विभिन्न सङ्सस्था तथा ब्यक्तिगतको आर्थिक २०७९ साल फागुन १० गतेका दिन खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले २०७९ फाल्गुन २७ गते शिलान्यास गर्नु भएको हो। निर्माण कार्य सम्पन्न भएको ज्याङ छ्यु छ्योर्तेनको मिति २०८०फागुन २५ गते शुक्रवारका दिन किल्खोर्दिङ साङ्दोक पालोरी गुम्बा खिजीदेम्बा-८ का श्रद्धाय धर्मगुरु तेन्जिङ राङ्डोल रिन्पोच्छेको प्रमुख अतिथ्यता संगै श्रद्धाय धर्मगुरु ङवाङ थार्सिङ रिन्पोच्छे,खेन्पो ङिमा लामाको विशेष बहुलीबाट रब्ने तथा प्राण प्रतिष्ठान पुजा भव्यताका साथ हुने बोधी चैत्य निर्माण उपभोक्ता समितिका महासचिव इन्द्र घिसिङले जानकारी दिनु भयो ।

२०७९ साल फागुन १० गतेका दिन खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले २०७९ फाल्गुन २७ गते शिलान्यास गर्नु भएको हो।

उक्त उद्घाटन कार्यक्रममा सम्पुर्ण सहयोगी मनका धनी,धर्म भक्तजन छर छिमेकि बुद्धिजीवी राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी , व्यवसायीहरु सबैमा उपस्थित भई प्रसाद ग्रहण गरि कार्यक्रमको शोभा बढाइ आयु अभिषेक वाङ ग्रहण गरिदिनु हुन सबैमा ज्याङ छ्यु छ्योर्तेन निर्माण उपभोक्त समितिले हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर