पात्ले ओखलढुंगा शेर्पा समाजको काठमाडौंमा बार्षिक साधारण सभा तथा दशौ अधिवेशन हुने - दुधकोशी खबर

पात्ले ओखलढुंगा शेर्पा समाजको काठमाडौंमा बार्षिक साधारण सभा तथा दशौ अधिवेशन हुने

दावा जाङ्बु शेर्पा :काठमाडौं

ओखलढुंगाको पात्ले शेर्पा समाज सेवा काठमाडौंको बार्षिक साधारण सभा साथै दशौ अधिवेशन काठमाडौमा हुने भएको छ ।

काठमाडौ स्थित जोरपाटी अरब बैंक बिकमार्ट नजिकै याङ्री गुम्बा अगाडि फागुन २३ गते बुधबार अधिवेशन हुने भएकोले सम्पुर्ण किदुगका संरक्षक आजीवन सदस्य तथा साधारण सदस्य लगायत सरोकारवाला साथै शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरु सस्थाले उपस्थितिको लागि अनुरोध गर्दै सस्थाको अधिकारिक पेज बाट सूचना प्रकाशन गरेको सस्थाका महासचिब सर्की शेर्पाले जानकारी दिन भयो।

पात्ले ओखलढुंगा शेर्पा समाज सेवा साबिकको पात्ले गविसा बाट
काठमाडौं आई अस्थाई तथा स्थायी रुपमा बसोबास गरिरहेको शेर्पा समुदायको सुख दुखको एक बिशुद्ध गैर सरकारी संस्था भएको र यस् संस्थाले शेर्पा भाषा धर्म संस्कृति अर्थिक विकास र उत्थानको लागि निरन्तर काम गर्दै आएको कार्यबाहक अध्यक्ष वाङ्डा शेर्पाले बताउनु भयो

तपाईको बिचार

सम्बन्धित खबर