नेपाली फिल्म ‘गोर्खा वारिअर’मा सोलुखुम्बुका बारिस सोनाको अबल अभिनय - दुधकोशी खबर

नेपाली फिल्म ‘गोर्खा वारिअर’मा सोलुखुम्बुका बारिस सोनाको अबल अभिनय

सोलुखुम्बु:दुधकोशी खबर
गत शुक्रबार देखि प्रदर्सनमा आएको मिलन चाम्सद्वारा निर्देशित गोर्खा वारियर चलचित्र अहिले हाउस फुल भइ रहेको छ ।


उक्त चलचित्रमा सोलुखुम्बुको बारिस सोनाले पनि अभिनय गरेका छ्न । गाउँ समाजमा सन्देश प्रवाह गर्न हुलाकीको भुमिकामा अबल अभिनय गरेका हुन । सोनाले नेपाली चलचित्र यात्रा, सेल्फी किङमा समेत अभिनय गरेका छ्न ।

नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरेको उनको भनाई छ । नेपाली चलचित्र गोर्खा वारियर गार्खाली सेनामा आवद्ध रहेकाहरुको जीवनको भोगाइ र पिडाहरुलाई समावेश गरी कलाकारको भूमिकामा पनि सोही अनुरुप मौलिक पन चलचित्र मार्फत् देखाउन खोजिएको उनले बताए । चलचित्र सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा चलचित्र छायाँकन गरिएको हो ।

रितेश चाम्स, विजय लामा, रेविका गुरुङ र कविता आलेको शीर्ष भूमिका रहेको फिल्मलाई एक्सन–ड्रामा जनरामा राखिएको छ । प्रिमियरबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको यो फिल्मको रनटाइम १११ मिनेट छ । यो फिल्मलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट प्रदान गरेको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर