शेर्पा संघ महाकुलुङको दोस्रो अधिवेशन  केन्द्रीय कार्यालय नारायणटारमा हुने - दुधकोशी खबर

शेर्पा संघ महाकुलुङको दोस्रो अधिवेशन  केन्द्रीय कार्यालय नारायणटारमा हुने

दावा जाङ्बु शेर्पा :काठमाडौं

नेपाल शेर्पा संघ महाकुलुङ गाउँपालिका कार्यसमितिको दोस्रो गाउँपालिका अधिवेशन सोलुखुम्बु जिल्ला प्रदेश सभा क का माननीय गोम्बु शेर्पा कर्ज्याङको प्रमुख आतिथ्यतामा फागुन १९ गते शनिबार नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय सभाहल नारायणटारमा हुने भएको कार्यक्रम संयोजक तेम्बा शेर्पाले जानकारी दिनु भयो ।

अधिवेशनलाई पालिकामै गर्ने निर्णय भए पनि कार्यासमितिहरु र गाउँबासीहरु प्राय काठ्मण्डौमा रहेको हुनले दोस्रो अधिवेशनलाई काठमाडौंमा नै सम्पन्न गर्ने निर्णय भएको उक्त कार्यक्रममा शेर्पा संघ महाकुलुङको जग्गा खरिदको निम्ति सहयोग गर्नुहुने सहयोगी दाताहरुको लागि सम्मन् कार्यक्रम समेत रहेको संयोजक शेर्पाले बताएको छ।

महाकुलुङ गाउँपालिका शेर्पा समुदायको भाषा, धर्म, सस्कृति, सम्पदा, भेषभुषा संरक्षण र सम्बर्द्धन गर्दै शेपां समुदायको हकहितको लागि सामाजिक सस्थाको रुपमा काम गर्न नेपाल शेर्पा संघ महाकुलुङ गाउंपालिका कार्यसमिति गठन भएको अध्यक्ष लाक्पा अोङ्दी शेर्पाले जानकारी दिनु भयो ।

तपाईको बिचार

सम्बन्धित खबर