गोराखानीको टोलटोलमा राष्ट्रिय प्रसारण, अहिले छुटेका टोलमा काम हुँदै - दुधकोशी खबर

गोराखानीको टोलटोलमा राष्ट्रिय प्रसारण, अहिले छुटेका टोलमा काम हुँदै

  • Dudh Koshi २०८० फागुन १६ बुधबार ०८:५४:२४

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका – ९ गोराखानिमा राष्ट्रिय प्रसारण लाईनको काम तिव्र गतिमा भईरहेको छ । राष्ट्रिय प्रशारण लाइन छुटेको टोलमा हिजोबाट तार टाङ्न सुरु गरेको वडाध्यक्ष धनराज तामाङले बताए ।

उनका अनुसार अबको एक हप्ता भित्र वडा नम्बर -९ का सबै टोल तथा घरहरुमा विद्युतको सहज पहुँच पुग्नेछ ।

“भरपर्दो विद्युत सेवा नहुँदा विगतमा यहाँका नागरिकहरुले अन्धकारको सामना गर्नुपर्थ्यो तर अब भने यो समस्या दिगो रुपमा समाधान हुँदै छ ” वडाध्यक्ष तामाङले दुधकोशी खबरसँग भने ।

धमाधम राष्ट्रिय प्रसारणको काम भएसँगै  वडावासीले जनप्रतिनिधिको खुलेरै प्रसंसा समेत गरेका छन। आफ्नो वडालाई उज्यालो वडा बनाउने सपना चाँडै साकार हुने उनले उल्लेख गरे ।

तपाईको बिचार

सम्बन्धित खबर