“उनको माया”
तिमिलाई सम्झी टाढाबाट आए तिम्रो शहरमा
दुःख, सुख बाँड्दै जिन्दगीभर साथ हुने रहरमा
रूप रंग धनसम्पति केही होइन मायाको नजरमा
माया नै-माया भरिदिन्छु अब एक्लो पनको जहरमा
तिमीलाई माया गर्ने म पनि एक हजारौं हजारमा
भेट्न आए मायालाई उपहार ली सल्लेरी बजारमा
मलाई मात्रै हैन हेर सबैलाई यस्तै हुने वैंशालु लहरमा
एकैपटक भए पनि पौडिन मन छ तिम्रो जवानीको नहरमा
तयारी भई बस तिमी अब आउनलाई मेरो घरमा
रानी बनाई राख्ने छु तिमीलाई मायाको दरबारमा
तिमिलाई सम्झी टाढाबाट आए तिम्रो शहरमा
दुःख सुख बाँड्दै जिन्दगीभर साथ हुने रहरमा
नोट: सरोज बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका – २ काँगेल नागपोखरी सोलुखुम्बु ।
तपाईको बिचार