को हुन छिरिङ शेर्पा ? यस कारण दिँदैछन शेर्पा विद्यार्थी संघको अध्यक्ष पदमा उम्मेद्वारी (एजेण्डा र घोषण पत्र सहित) - दुधकोशी खबर

को हुन छिरिङ शेर्पा ? यस कारण दिँदैछन शेर्पा विद्यार्थी संघको अध्यक्ष पदमा उम्मेद्वारी (एजेण्डा र घोषण पत्र सहित)

मिति २०८० चैत्र १० गते सम्पन्न हुन गइरहेको नेपाल शेर्पा विद्यार्थी संघको १४ ‌औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार छिरिङ शेर्पाको एजेण्डाहरु/घोषणापत्र

टाशी देलेक म छिरिङ शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघ १४ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटि सह-संयोजक एवं संगठन विस्तार प्रमुख हुँ। म यस संस्थामा तीन कार्यकालदेखि सदस्य, सचिव हुँदै उपाध्यक्ष भई निरन्तर रुपमा शक्रिय छु। साथै यहि चैत्र १० गते हुन गइरहेको १४ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दछु।

मेरो विवरण

नाम: छिरिङ शेर्पा

स्थायी ठेगाना: पाँचपोखरी थाङपाल गा.पा. – ०२, बरुवा, रिपार, सिन्धुपाल्चोक

अध्ययन: 𝐵𝐴𝑆𝑊 स्नातक तेश्रो वर्षमा अध्ययनरत

संघका श्रद्धेय अध्यक्ष श्री पासाङ शेर्पा ज्यूले UK प्रस्थान संगै मलाई कार्यबाहक दिनु भएपछि कार्यसमितिले गरेका सफल कार्यक्रमहरु:

१) समानन्तर कमिटि द्वारा जिल्ला प्रशासन कार्यालय र त्यहाँबाट सम्बोधन नभए पछि उच्च अदालत पाटनमा संघ, संघका अध्यक्ष पासाङ शेर्पा र सम्पूर्ण निर्वाचन मन्डलका सदस्यहरु विरुद्व दायर गरिएको मुद्धा डिफेन्सको लागि अहोरात्र खटाइपछि झन्डै ६ महिना भन्दा बढी समय र उर्जा खर्च गरी रिट खारेज गर्न सफल र संघलाई दुर्घटना बाट जोगाउन सफल भएको।

२) लोसार साँझ २०७९, मास्टर डिग्री सम्मान सहित भब्यताका साथ सम्पन्न गरीएको।

३) बैशाख १ गते नयाँ वर्षको अवसरमा पूरानो लुङता व्यवस्थापन, नयाँ लुङ्ता अर्पण र वातवरण सरसफाई कार्यक्रम सफलतापूर्वक आयोजना गरिएको।

४) संघको आधिकारिक वेबसाइट www.sherpastudentassociation.org निर्माण गरिएको।

५) साका दावाको अवसरमा बौद्ध परिसरमा धर्मलम्बीहरुको लागि निशुल्क जुस तथा पानी वितरण गरिएको।

६) SEE Felicitation, +2 /Bachelor Motivation, Career Counselling 2080 | Smart Presentation सहित डिजिटलाइज गरि सम्पन्न गरिएको।

 

७) ३ दिने निशुल्क शेर्पा सिली नृत्य प्रशिक्षण सम्पन्न गरिएको।

८) जोरपाटी स्थित बुद्ध एकेडेमीमा अध्ययनरत हिमाली दुर्गम क्षेत्रका बालबालिकाहरुलाई खाद्यान्न समस्या भई सहयोगको अपिल आएपछि खाद्यान्न सहयोग गरिएको।

९) शेर्पा समुदायको इतिहास माथी धावा बोल्ने सांसद रघुजी पन्तको गलत अभिव्यक्तिको विरोध एवं माइतीघर मन्डलामा शेर्पा समुदायको बृहत् भेला गरी विरोध सभा आयोजना गरेको।

१०) Climate Change & Its Impact in the Himalayan Region of Nepal विषयमा अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको।

११) इत्यादि …..

१४ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिँदै गर्दा मेरो एजेण्डाहरु:

१) महाधिवेशन पश्चात प्रशिक्षण कार्यक्रम/वर्कशप/क्षमता विकास तालिम

जिल्ला कार्यसमिति र इकाई समितिसँग छलफल गर्दा प्रशिक्षण र तालिमको अभावका कारण कार्सयमिति कृयाशिल हुन नसकेको कुरालाई मध्यनजर गर्दै केन्द्रीय महाधिवेशन पश्चात पहिलो कार्यक्रम प्रशिक्षण तालिम गरिनेछ। जसमा संस्थागत विषयबस्तु, बैठक सञ्चालन, माइन्युट लेखन, प्रस्तावना लेखन, प्रतिवेदन लेखन, औपचारिक कार्यक्रम सञ्चालन गर्ने तरिका, स्थानीय सरकारका विभिन्न शिर्षकका बजेटमा कसरी पहुँच बढाउने तरिका, व्यक्तित्व विकास, टिम बिल्डिङ एक्टिभिटी इत्यादी। यसको लागी प्रत्येक जिल्लाबाट अध्यक्ष, कोषाध्यक्ष, सचिव र २ जना सदस्य गरी ५ जना प्रत्येक जिल्लाबाट र क्याम्पस इकाई गरि १५० जना शेर्पा विद्यार्थीहरुलाई काठमाडौंमा आमन्त्रण गरिनेछ। साथै आवत जावत गाडी भाडा सहित खाना बस्नको व्यवस्था गरिनेछ।

२) नेपाल शेर्पा विद्यार्थी संघको नाममा ३ करोडको अक्षयकोष खडा गर्ने

नेपाल शेर्पा विद्यार्थी संघको हरेक गतिविधि एवं कार्यक्रमहरु प्रभावकारी ढङ्गले दिगो रुपमा सञ्चालन गर्न र संघलाई आत्मनिर्भर बनाउन ६ महिना भित्र ३ करोडको अक्षयकोष खडा गर्ने। अक्षयकोष निर्माणको लागि संघका पूर्व अध्यक्ष, पदाधिकारी, सल्लाहकार र समुदायका अभिभावक ज्यूहरुसंग सहकार्य गर्ने।

अक्षयकोषको ब्याज रकमको ६०% लोकसेवा सम्बन्धि कार्यक्रम र लोकसेवा पढ्ने विद्यार्थीहरुको लागि लगानी गरिनेछ भने ४०% ब्याज सिपमूलक तालिम जस्तै बारिष्टा(कफी मेकिङ), बेसिक/एडभान्स कम्प्युटर कोर्स, मोबाइल मर्मत तालिम, मोटर साइकल ड्राइभिङ, ट्याक्सी ड्राइभिङ, ग्राफिक डिजाइनिङ कोर्स, इलेक्ट्रिसियन, प्लम्बिङ, व्यूटिसियन, RJ/VJ, फोटोग्राफी, भिडियो इडिटिङ, कूक लगायत अन्य तालिममा लगानी गरिनेछ।

लोकसेवा सम्बन्धि सचेतनाको लहर कार्यक्रम पूर्वदेखि पश्चिम र तराई देखि हिमाल सम्मका शेर्पाको बसोबास रहेका प्रत्येक जिल्ला भित्रका प्रत्येक स्थानीय तह भित्रका प्रत्येक वार्ड भित्रका प्रत्येक टोल-टोलमा पुर्‍याउने।

३) खेलको माध्यमबाट शेर्पा विद्यार्थीहरु संगठित गर्ने, विभिन्न इनडोर र आउटडोर खेल प्रतियोगिताहरु आयोजना गर्ने र शेर्पा खेलाडीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने।

४) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छात्रवृत्तिको लागि विभिन्न निकायमा पहल गरी शेर्पा विद्यार्थीहरलाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने।

५) NeSSA Podcast सञ्चालन गर्ने जसमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका शेर्पा विद्यार्थी, युवा, व्यवसायी, उद्योगी, बौद्धिक व्यक्तित्व इत्यादीको अनुभव र कथालाई समेटिने र जागरुक र उदाउँदो युवा, विद्यार्थी एवं प्रतिभालाई समेत प्रोत्साहन गरिनेछ।

६) शेर्पा विद्यार्थी संघको वेबसाइटलाई थप व्यवस्थित गरी सूचना आदनप्रदानलाई थप सक्रिय बनाइनेछ। साथै जागिर खोजिरहेका शेर्पा विद्यार्थी र शेर्पा उद्योगपति/ व्यवसायीलाई जोड्नको लागी वेबसाइटमा “Job Bank” राखिनेछ।

७) केन्द्र देखि, प्रदेश देखि, जिल्ला देखि, स्थानीय तह देखि, वडा देखि, टोल-टोल सम्म, संगठन विस्तार गरिनेछ।

८) विज्ञहरुसंग सहकार्य गरि ILO 169, आदिवासी अधिकार, शेर्पालुङ, लगायतका विभिन्न विषयबस्तु उपर गाष्ठी, छलफल एवं अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिनेछ।

९) नेपाल शेर्पा विद्यार्थी संघको फेसबुक, इन्स्टाग्राम, यूट्युब र वेबसाइट प्रयोग गरी NeSSA Bulletin प्रकाशनमा ल्याउने।

१०) राष्ट्रिय अन्तरास्ट्रिय विभिन्न फाउन्डेसन र एन.जीओ संग सहकार्य गरि कार्यक्रम आयोजना गर्ने।

११) आर्थिक साक्षरता र आर्थिक स्वतन्त्रता सम्बन्धि तालिम सञ्चालन गर्ने।

१२) महङ्गिदै गइरहेको शेर्पा संस्कार, संस्कृति बारे विभिन्न शेर्पा संघसंस्था तथा किदुगहरु संग छलफल, गोष्ठी आयोजना गर्ने।

१३) शेर्पा विद्यार्थी संघले समुदायका, जिल्ला स्तरीय, पालिका स्तरीय, वडा स्तरीय एवं टोल स्तरीय, प्रवास स्तरीय विभिन्न संघसंस्था एवं किदुग संग प्रगाढ सम्बन्ध स्थापित गरी सहकार्यमा कार्यक्रमहरु गर्ने।

१४) प्रवास सम्पर्क समितिलाई थप विस्तार गर्दै विभिन्न देशमा उच्च शिक्षाका लागि जाने शेर्पा विद्यार्थीहरुलाई आइपर्ने समस्या समाधान गर्न थप कृयाशील बनाउने।

१५) केन्द्रीय कार्यलय दैनिक रुपमा सञ्चालनमा ल्याउने। विद्यार्थीहरुलाई अनलाइन फारम, लोकसेवा फारम भर्न, आवश्यक सिफारिस प्रदान गर्न कृयाशील रहने।

१६) संघको केन्द्रीय कार्यालय नारायणटार अफिस बाहिर सुझाव पेटिका र Problem Bank राख्ने र विद्यार्थीहरुको समस्या बुझी समाधानको लागि प्रयत्न गर्ने।

१७) मानसिक स्वास्थ्य, मोटिभेशन, स्ट्रेस रिलिफ सम्बन्धि वर्कशपहरु आयोजना गर्ने।

१८) शेर्पा विद्यार्थी र युवाहरुको महिनामा कम्तिमा २ चोटी अन्तरक्रिया छलफल, आइडिया र अनुभव साटासाट गर्नको लागी ” Sherpa Social Club ” को अवधारणा अगाडी सार्ने। सोको लागि संघले चिया, खाप्सेको व्यवस्था गर्ने र स्थानको लागि नेपाल शेर्पा संघको हलको लागि संघसंग सहकार्य गर्ने।

१९) “Sherpa Idea Bank” को अवधारणा अगाडी सारी शेर्पा लगानिकर्ता र उद्यमी बन्न चाहने शेर्पा युवा / विद्यार्थीलाई एकै मञ्चमा उतारी आवश्यक सहयोग गर्ने।

२०)क्रमश तपाईहरुको सुझावहरु…

नेपाल शेर्पा विद्यार्थी संघ सम्पूर्ण शेर्पा विद्यार्थीहरुको छाता संगठन हो। शेर्पा विद्यार्थी, युवा, समुदायलाई कुन दिशातर्फ डोर्‍याउने भन्ने कुरा अबको नेतृत्वमा निर्भर छ।

नेपाल शेर्पा विद्यार्थी संघ शिक्षित, सक्षम, इमान्दार, दूरदर्शी, त्यागी, जिम्मेवार, आशावादी, साहसी, परिश्रमी, शालीन, धैर्यवान, उर्जाशील एवं लगनशील नेतृत्वको पर्खाइमा …….थुग्जेछे ।

सन २०१९ सालमा मिस्टर टीन शेर्पाको 1st Seasonको 1st Runner Up, प्रथम शेर्पा एकल भाषण प्रतियोगिताको विजेता हुँदै नेपाल शेर्पा विद्यार्थी संघमा मेरो प्रवेश भएको हो।

विभिन्न सामाजिक संघ संस्थामा निरन्तर सक्रिय हुदैँ फ्रीलान्सर कार्यक्रम सञ्चालकको अनुवभ पनि म संग छ।

शेर्पा विद्यार्थीहरुको समस्या पहिचान र सम्बोधन गर्न आम शेर्पा विद्यार्थीहरुको एकता अपरिहार्य छ।

मैले शेर्पा विद्यार्थीहरूलाई शैक्षिक, सांस्कृतिक र सामाजिक रूपमा उत्कृष्ट हुन सशक्त बनाउने ऐक्यबद्धता र सम्पन्न समुदायको परिकल्पना गरेको छु।

हाम्रो समुदायले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्दै हाम्रो अद्वितीय पहिचान बनाउने समावेशी वातावरणलाई बढावा दिने मेरो प्रतिबद्धता हो।

तपाईको सहयोगले, म सकारात्मक परिवर्तन ल्याउन अथक प्रयास गर्नेछु। प्रत्येक शेर्पा विद्यार्थीलाई सफल हुनको लागि मूल्यवान, सशक्त र सुसज्जित महसुस गर्ने कुरा सुनिश्चित गर्दै म नेपाल शेर्पा विद्यार्थी संघको लागि समर्पित अधिवक्ता बन्न प्रतिबद्ध छु।

आउनुहोस सँगै मिलेर अझ बलियो र जीवन्त नेपाल शेर्पा विद्यार्थी संघ निर्माण गरौं।

प्रगतिको लागि भोट गर्नुहोस्। एकताको पक्षमा मतदान गरौ । उज्यालो भविष्यको लागि भोट गर्नुहोस्।

महत्त्वपूर्ण सल्लाह सुझावको लागि:

छिरिङ शेर्पा, नेपाल शर्पा विद्यार्थी संघ केन्द्रीय अध्यक्षको उम्मेदवार

Email: [email protected]

Phone: 9823367283

Whatsapp/Viber: +9779823367283

तपाईको बिचार

सम्बन्धित खबर