सोलुदधुकुण्ड नगरपालिका–७ को सार्वजनिक सुनुवाइ सम्पन्न - दुधकोशी खबर

सोलुदधुकुण्ड नगरपालिका–७ को सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुखुम्बु । जिल्लाको सोलुदधुकुण्ड नगरपालिका–७ गार्माले चालु आर्थिक वर्षमा सञ्चालित योजना अन्र्तगत पहिलो तथा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ । वडाले चालु आर्थिक वर्षको ३ वटा विकासे योजनाहरु सम्पन्न गरिसकेको छ ।

जसमा ७ लाख रुपैयाँको लागतमा च्याल्सादेखि सल्लेरीसम्म ३५३ मिटर सडक सोलिङ, ८ लाख ५० हजार रुपैयाँको लागतमा सोलुखोलादेखि भित्ताखर्कसम्मको ४०५ मिटर सडक सोलिङ र १८ लाखको लागतमा बारानेदेखि आर्यघाट जाने ३३ सय मिटर सडक ट्रयाक ओपन गरिएको छ।

दर्जनौ योजनाहरु सम्झौता भई निर्माणाधिन रहेको सार्वजनिक सुनाईमा जानकारी गराइएको छ । सोही कार्यक्रममा वडाले पुर्व वडासचिव गणेश कुमार श्रेष्ठ र स्वाथ्य चौकी पुर्व इन्चार्ज टङ्क नारायण श्रेष्ठलाई ढाका टोपी र दोसल्ला ओडाई सम्मान गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर